वीरगञ्ज थुनुवा कैदीको मृत्यु

वीरगञ्ज कारागारका एक जना थुनुवा कैदीको मृत्यु भएको छ। वीरगञ्ज महानरपालिका–२ का ६३ बर्षका आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो। 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा १६ दिनदेखि भर्ना भएर उपचार गराई रहेका उनको बिहीबार बिहान २ बजेतिर अस्पतालमै निधन भएको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए। 

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ। बिगत साढे चार महिना देखि ठगी मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो। 

मृत्यु भएका ब्यक्ति मधुमेह र उच्च रक्तचापले गम्भिर बिरामी भएको कारागारले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-25 16:58:00

प्रतिकृया दिनुहोस्