आउँदो साता विश्वमा १ करोड कोरोना संक्रमितः डब्ल्यूएचओ

बिएल संवाददाता

जेनेभा ब्यूरो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडहोनम ग्याब्रिएसियोसले आउँदो सातासम्म विश्वमा कोरोनाको १ करोडभन्दा बढी संक्रमित देखिने बताएका छन्। 

बुधबार यसको जानकारी दिँदै उनले हरेक साता १० लाख बढी संक्रमणको मुद्धा देखिएको जानकारी दिए।

‘पछिल्लो डेटाहरूको अध्ययन गर्दा आउँदो साता संक्रमितको संख्या १ करोड माथि पुग्ने सम्भावना छ,’ उनले भने।

उनले थुप्रै देशमा अक्सिजन कंस्नट्रेटर मेशिनको संख्या निकै कम भएको पनि बताए।

‘संक्रमितको संख्या बढ्दै जाँदा ८८ हजार ठूलो अक्सिजन सिलिण्डरको कमी देखिएको छ। अक्सिजन कंस्नट्रेटर संक्रमितलाई स्वास लिन आवश्यक छ,’ उनले भने। आउँदो केही दिनमा १ सय २० देशमा १४ हजार अक्सिजन कंस्नट्रेटर पठाउने योजना रहेको डब्ल्यूएचओले जानकारी दियो।

प्रकाशित मिति: : 2020-06-25 16:21:00

प्रतिकृया दिनुहोस्