पाेखरामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध, प्रहरीद्वारा ८ राउन्ड हवाई फायर

पाेखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेकाे छ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार निधन भएको थियो।

ती पुरुषको शव पोखरा महानगरपालिका ३२  स्थित मजुवास्थित सेतीघाटको किनार नजिकैको व्यवस्थापन गर्न लैजाँदा स्थानीयहरुकाे एक टाेलिले उक्त घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरेरपछि प्रहरीले फायर गरेकाे हाे। 

भिड तितरवितर पार्न प्रहरीले ८ राउन्ड हावई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ।

स्थानीयले आफ्नो ठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको ट्रक तोडफोडसमेत गरेका थिए। सशस्त्रको ट्रकको सिसा फुट्नुका साथै अगाडिको लाइटसमेत फुटेको छ। सशस्त्रले केही ८ जनालाई नियन्त्रणमा लिएको छ।

अहिले शव गाड्न खनिएकाे खाल्डो र जेसिभिको सुरक्षाको लागि प्रहरी खटिएको छ भने उक्त ठाउँमा जान स्थानियलाई रोक लगाइएको छ। आन्दोलित स्थानियहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो अवरोध गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2020-06-25 16:09:19

प्रतिकृया दिनुहोस्