ब्राजिलमा दुई दिनमा ८० हजारभन्दा बढी कोरोना संक्रमित, राष्ट्रपतिको तिब्र आलोचना

ब्राजिलमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमणको घटना फेला परेको छ। बुधबार मात्र २४ घण्टाको अवधिमा ४० हजार ९ सय ९५ संक्रमित फेला परेका थिए। 

ब्राजिल कोरोना संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो देश हो। यहाँ कोरोना संक्रमितको संख्या बढेर ११ लाख ९२ हजार ४ सय ७४ पुगिसकेको छ। जसमा मर्नेको संख्या मात्र ५३ लाख ८ सय ७४ छ। 

बुधबार एकै दिन ११ सय ८५ जनाले ज्यान गुमाएका थिए। मंगलबार मात्र ब्राजिलमा ४० हजार १ सय ३१ संक्रमित भेटिएका थिए। 

जसमा १३ सय ७४ जनाको निधन भएको थियो। दुई दिनमा करिब ८१ हजार मानिस संक्रमित भेटिएपछि ब्राजिलको अवस्था भयाभह देखिएको छ।

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमणको राम्रो व्यवस्थापन नगरेको भन्दै पदत्याग गर्न विपक्षीहरूले दबाब दिइरहेका छन्।

जनावरमा सफल भएको कोरोनाको भ्याक्सिन बेलायतमा मानिसमा परीक्षण गरिदै 

बेलायतमा कोरोना संक्रमितमाथि नयाँ भ्याक्सिनको परीक्षण सुरु भएको छ। बेलायतले मानिसमाथि कोरोना भ्याक्सिनको परीक्षण गरेको यो दोस्रो अवसर हो। यसअघि यो भ्याक्सिन जनावरमा परीक्षण गर्दा सफल भएको थियो। 

लन्डनको इम्पेरियल कलेजका प्रधानाध्यापक रोबिन सटोकको नेतृत्वमा पहिलो चरणअन्तर्गत ३ सय मानिसमा परीक्षण हुँदैछ। 

पहिलो चरणको परीक्षणपछि अक्टुबरमा दोस्रो चरणको काम सुरु हुनेछ। 

भ्याक्सिन ६ हजार मानिसमा परीक्षण गर्ने योजना रहेको इम्पेरियल कलेजले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-06-25 15:48:15

प्रतिकृया दिनुहोस्