टोखा नगरपालिका ३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गएराति १ बजे विवाद हुँदा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले बताए । प्रहरीका अनुसार पाँच वर्षदेखि श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध थिएन ।
अहिले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
घटनाबारे महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।