छायाँनाथ रारा नगरपालिकाका मेयरमाथि खुर्सानीकाे धुलाे

जिल्लास्थित छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनकाे क्रममा नगरप्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ।

तर, उनलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको छ। उनीमाथि खुर्सानीकाे धुलाे प्रहार गर्ने असन्तुष्ट नेकपाका जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी पनि फुटाएका डिएसपी भुवनेश्वरप्रसाद शाहले बताए।

बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका नगरप्रमुख शाहीले बताए। 

खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-25 14:39:02

प्रतिकृया दिनुहोस्