उदयपुरमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

त्रियुगा नगरपालिका १३ असारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान खेतमा काम गरिरहेका बेला चट्याङ लागेर ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको हो ।

घाइते अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएका उनको उपचार क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक भीमबहादर दाहलले बताए ।

त्यसै गरी चट्याङले भातिखर्ककी ३१ वर्षीया अनिता खड्का र जोगीपोखरीकी ६१ वर्षीया तीर्थमाया मगर घाइते भएका छन् ।

उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेका छ। चट्याङले जोगीपोखरीमा मिन्द्रबहादुर मगरले सञ्चालन गरेको फर्ममा रहेका ६ वटा सुँगुरसमेत मरेका छन् ।

प्रकाशित मिति: : 2020-06-25 14:24:18

प्रतिकृया दिनुहोस्