शनिबार, १२ जुलाई २०२५

पाल्पाकाे क्वारेन्टाइनमा बस्दै आएका ३१ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

पाल्पा
2020-06-25 13:25:55
News Image
• • •

पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका तीनजना पुरुषसहित ३१ जनामा कोरोना पुष्टि भएको हो।

तानसेनमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्।

यस्तै, पूर्वखोला गाउँपालिका १ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन-आश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण भएको छ।

उनीहरू २० देखि ६४ वर्ष उमेरका पुरूष हुन्। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?