शनिबार, १२ जुलाई २०२५

गाँजा बोक्ने ५ भरिया पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

वीरगञ्ज
2020-06-25 13:13:14
News Image
• • •

अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले पर्साबाट ५ जनालाई पक्राउ गरेको छ ।

ठोरी गाउँपालिका ४ स्थित नयाँवस्तीबाट अटो चढेर बाराको जितपुरतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई बिहीबार नियन्त्रणमा लिइएको सुवर्णपुर बीओपीका सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४३ वर्षीय मंगल सिंह रुम्बा, २१ वर्षका सुवास तामाङ, २० वर्षका रामबहादुर तामाङ, २२ वर्षका सुमन तामाङ र ५० वर्षका धनबहादुर तामाङ रहेका छन् ।

चेकजाँचको क्रममा उनीहरुको साथबाट ४४ हजार ११० रुपैयाँ नगदसहित एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, ५ थान मोबाइल सेट र ३ थान टर्चलाइट बरामद भएको छ ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?