युएईबाट दुई जहाजमा फर्किए ३४६ नेपाली

बिएल संवाददाता

संयुक्त अरब इमिरेट्स

काेराेना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार दुई जहाजमा गरी ३४६ नेपाली स्वदेश फर्किएका छन्।

फ्लाई दुबईको उडान नम्बर एफ जी ८६२७ मार्फत युएईको दुबई विमानस्थलबाट  एक सय ८९ जना स्वदेश फर्किएका हुन्।

आजै बिहान हिमालय एयरलाइन्सको उडान न एच–९ ५६७२ मार्फत पनि युएईको आबुधावीबाट एक सय ५७ जना नेपाली स्वदेश फर्केका छन्।

आज फर्कनेहरुमा दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। 

हिजो यूएईबाट हिमालयन एयरलाइन्स उडान न एच–९ ५६७२ मार्फत युएईको आबुधावीबाट १ सय ५१ जना स्वदेश फर्किएका थिए।

प्रकाशित मिति: : 2020-06-25 11:48:36

प्रतिकृया दिनुहोस्