चीनमा थप १९ जनामा देखियाे काेराेना

चीनमा कोरोना भाइरस संक्रमित पुन: बढ्न थालेकाे छ।

रोयटर्सका अनुसार थप १९ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये १३ जना बेइजिङका रहेका जनाइएकाे छ।

नयाँ संक्रमितमध्ये ५ जना देश बाहिरबाट फर्किएका चिनियाँ नागरिक हुन्।

यसअघि संक्रमण मुक्त घोषित चीनमा हालसम्म ४ हजार ६ सय ३४ जना संक्रमितले ज्यान गुमाएका छन्।

यो महिना मात्र २ सय ४९ वटा संक्रमणका नयाँ संक्रमितहरु देखिएका छन्।

सर्वाधिक धेरै संक्रमित बेइजिङको होलसेल बजारका मानिस रहेका छन्। चीनमा अझै ट्रेसिङ र टेस्टिङ जारी नै रहेकाे छ।
 

प्रकाशित मिति: : 2020-06-25 11:39:08

प्रतिकृया दिनुहोस्