भारतमा एकै दिन करिब १७ हजारमा काेराेना संक्रमण, संक्रमितकाे संख्या चार लाख ७३ हजार नाघ्याे

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका छन्।

अहिलेसम्म भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४१८ जनाको मृत्यु भएको हो।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ।

दिल्लीमा ७० हजारभन्दा संक्रमित छन् भने दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ। तामिलनाडुमा६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ।

पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने ५९१ जनाको मृत्यु भएको छ।

यता बिहारमा आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा कोरोनाका दुई लाख ७१ हजार ६९७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: : 2020-06-25 11:13:40

प्रतिकृया दिनुहोस्