शनिबार, १२ जुलाई २०२५

चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

सप्तरी
2020-06-25 10:53:10
News Image
• • •

सप्तरीमा बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए।

उनका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको  छन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?