ठमेल क्षेत्रका व्यवसायीलाई एक वर्ष भाडामा ५० प्रतिशत छुट

ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । आइतबार ठमेल पर्यटक विकास समितिको रोहवरमा दर्जनौँ संस्थाबीच भएको छलफलमा घरधनीहरूले एक वर्षसम्म ५० प्रतिशत छुट दिन सहमत भएका हुन् ।

घरधनीसहित ११ व्यावसायिक संस्थाबीच आइतबार सहमति भएको हो । ठमेल क्षेत्रमा मात्रै पर्यटन क्षेत्रसँग सम्बन्धित पाँच हजार व्यवसाय रहेको अनुमान छ ।

पर्यटक मात्रै निर्भर भएको ठमेल क्षेत्रमा पर्यटक भित्रिन नथालेसम्म भाडा तिर्न नसक्ने अवस्था आएको व्यवसायीले बताउँदै आएका थिए ।

व्यवसायीले ठमेल क्षेत्रमा १५ हजारदेखि २५ लाखसम्म मासिक भाडामा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति: : 2020-06-25 09:28:58

प्रतिकृया दिनुहोस्