नक्कली पास बनाउने दुईजना पक्राउ

सिरहाबाट नक्कली पास बिक्री वितरण गर्ने दुईजना पक्राउ परेका छन्। लकडाउनको समय प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

लहान नगरपालिका १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्सका सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतोलाई प्रकाउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिइएको हो। 

दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-25 08:02:32

प्रतिकृया दिनुहोस्