पश्चिमाञ्जल अस्पतालमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

कोरना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरूषको गए राति ११.३५ बजे निधन भएको हो।

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो। कोभिड १९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

**

पोखरा महानगरका ४ सहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की, गोरखा र स्याङ्जा जिल्लाका ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाका ७ र गोरखाका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-06-25 08:01:54

प्रतिकृया दिनुहोस्