करोडौँ भ्रष्टाचार गरेकाे भन्दै बृन्दावनकी उपप्रमुखले गरिन नगरसभा बहिष्कार

रौतहटको बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन् ।

प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन्। उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधबार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताइन्।

नदीजन्य सामग्री बेचेर रु छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ । 

लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उनले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताइन् ।

प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिइन् । उनले बुधबार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फछ्र्र्याेटपश्चात नगरसभा गर्न माग गरेकी छिन्। उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताए ।

प्रकाशित मिति: : 2020-06-25 07:50:18

प्रतिकृया दिनुहोस्