राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रमसं)ले महिला हिंसा, एमसीसी र भ्रष्टाचारविरुद्धमा विरोध प्रदर्शन गरेको छ ।
एमसीसी चाहिदैन, भ्रष्टाचारीलाई कारवाही गर, महिला हिंसाको अन्त्य गर, महिलामैत्री क्वारेन्टाइन र बलात्कारीलाई सजाय दे लगायतका नारा लगाउँदै माइतीघरबाट सुरू भएको विरोध र्याली बानेश्वरमा पुगेर सम्पन्न भएको थियो ।
राप्रमंसको कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ विजयकला राईले, लोकतन्त्रको नाममा राष्ट्रघाती काम हुन लागेको भन्दै सरकारको खरो आलोचना गरे ।
कोरोना महामारीविरूद्ध सरकारी व्यवस्थापन कमजोर रहेको टिप्पणी गर्दै, क्वारेटाइनमा महिला बलात्कृत हुँदा सरकार टुलुटुल हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरे। काेणसभामा मिना सुवेदी, यासमिन ढुंगाना बिस्ट, ममता राई, बिन्दा गिरी, पुजा राणा, सुनिता शाही, अस्टमाया लामा, ज्योती बाँनिया, शीला लोहनीलगायत धेरै महिलाको उपस्थिति थियो।