शनिबार, १२ जुलाई २०२५

प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश- १५ दिनभित्र आफैं उपस्थित हुनू

News Image
• • •

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफै उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोभिड-१९ प्रकोपका कारण उत्पन्न परिस्थितिबारे अदालतले दिएका आदेशको पालना नगरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीलाई १५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिइएको हो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई अदालतको अवहेलना शीर्षकमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?