काठमाडौं महानगरपालिकाले तोक्याे करकाे दर, कुन व्यवसाय गर्नेले कति तिर्ने?

काठमाडाैं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। 

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब २ अर्ब बढाएर बजेट ल्याएको छ।

काठमाडौं महानगरपालिकाले नयाँ आर्थिक वर्षको लागि खर्च धान्न व्यवसायको प्रकृतिका आधारमा करकाे दर तोकेको छ।

महानगरपालिकाले तोकेको दररेट अनुसार मदिरा आयातकर्ताले व्यवसाय करबापत वार्षिक ३० हजार रुपैँयाँ महानगरलाई बुझाउनुपर्छ। 

सुर्तिजन्य पदार्थको व्यवसाय गर्नेले २५ हजार रुपैयाँ बुझाउनुपर्छ।

 प्रस्तावित आर्थिक ऐन अनुसार खुद्रा किराना पसलले वार्षिक १ हजार २ सय रुपैयाँ तथा होलसेलले वार्षिक ३ हजार रुपैयाँ तिर्नुपर्छ।

यस्तै अनुसार व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसाय, निर्माण सेवा तथा अन्य व्यवसायलाई व्यवसायको आकार र प्रकृति अनुसार व्यवसाय कर तिर्नुपर्छ।
 

प्रकाशित मिति: : 2020-06-24 18:44:23

प्रतिकृया दिनुहोस्