काठमाडौं उपत्यकामा थप २ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप २ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बुधबार काठमाडौं र भक्तपुरमा २ जनामा थप संक्रमित थपिएका जानकारी दिए।

काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।

नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ६२९ संक्रमित थपिएका हुन्। जसमध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ । त्यसमा १९७ महिला र २१४१ पुरुष छन् ।

 गत चौबिस घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएका हुन्।

प्रकाशित मिति: : 2020-06-24 17:15:59

प्रतिकृया दिनुहोस्