
जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता सम्बन्धी विधेयकका प्रावधानको ७७ जिल्लाबाट विरोध गर्ने भएको छ।
असार १६ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जसपाले निर्णय गरेको हो।
जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति निकालेर नागरिकताका प्रावधानबारे जिल्लाबाटै विरोध गर्ने उल्लेख गरेका हुन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिका विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ। उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गरेको हो।
वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने उनीहरुको भनाइ छ।
विज्ञप्तिमा जातीय विभेद सामाजिक तथा साँस्कृतिक लैङ्गिक विभेद र असमानता कायम गर्न सरकारले उक्त विधेक ल्याएको उल्लेख छ।
१ .
२ .
३ .
४ .
५ .