सेना प्रमुखको लद्दाख भ्रमण र भारत-चीन युद्वको सम्भावना!

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवानेले २ दिने भ्रमणका लागि पूर्वी लद्दाख पुगेका छन्।

भारत-चीन सीमा विवादले उग्र रूप लिएपछि गलवान उपत्यकामा हिंसात्मक झडपसमेत भएको छ। भारतीय र चिनियाँ सेनाको झडपपछिको अवस्था बुझ्न सेना प्रमुख नरवाने लद्दाख पुगेको बताइएको छ। भारतीय पक्ष सीमा विवाद समाधान गर्न निरन्तर लागिपरेको छ।

केही दिनअघि दुई देशका सेनाबीचको झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका छन्। उक्त झडपमा परि घाइते भएका १४ भारतीय सेनाको लद्दाखमा उपचार भइरहेको छ। झपडमा भारतीय पक्षबाट ४३ चिनियाँ सेनाको मृत्यु भएको दाबी गरिए पनि यसको अहिलेसम्म आधिकारी पुष्टि भइसकेको छैन। यद्यपी भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार २ जना चिनीयाँ सेनाको ज्यान गएको चीन पक्षले स्पष्ट पारेको छ।

जनरल नरवाने लद्दाख पुग्न बितिकै घाइतेको पछिल्लो अवस्था जान्न अस्पताल पुगेको सेनाका अधिकारीले बताएका छन्। उनले अस्पतालमा घाइतेसँग गलवान झडपमा भारतीय सेनाको बहादुरी प्रशंसा गरेको स्रोतको दाबी छ।

जनरल नरवानेसँगको भेटवार्तामा उपचाररत सेनाहरुले चिनियाँ पक्षले दुई देशबीचको सम्झौता उल्घन गरेको बताएका छन्। चिनियाँ सेनाहरुको अराजकता र बास्तविक सीमा रेखाभित्र जबरजस्त निगरानी पोष्ट निर्माण गरेपछि झपड भएको उनीहरूले जानकारी दिए। अस्पताल जनरल नरवनेसँगै उत्तरी सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल योगेश कुमार जोशी, १४ औं वाहिनीका कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह लगायत वरिष्ठ सेनाका अधिकारीहरूले लद्दाख क्षेत्रको सुरक्षा स्थितिबारे समीक्षा गरेको स्थानीय संचारमाध्यमले जनाएका छन्।

भ्रमण कै क्रममा सेना प्रमुख नरवाने लद्दाखका सांसद जामयाङ सेरिङ नामग्यालसँगसमेत भेटवार्ता गरेका छन्। गतहप्ता हवाई प्रमुख मार्शल आरकेएस भदौरियाले लद्दाख र श्रीनगर एयरपोर्टको भ्रमण गरेर त्यस क्षेत्रमा परिआउने समस्या सामना गर्न भारतीय वायुसेनाको तयारी रहेको उल्लखे गरेका थिए। झडपपछि सरकारले सिमानामा हजारौं सेना थप निगरानीमा राखेको छ। योसँगै भारतीय पक्ष सिमानामा शान्ति स्थापनाका लागि बिभिन्न माध्यमहरु खोजिरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि हालतमा लद्दाख विवाद समाधान गर्न चाहान्छन् त्यो पनि वार्ता र संवादको माध्यममार्फत। उनी चीनसँग भिड्ने पक्षमा नरहेको प्रतिपक्ष दलहरुको आरोप छ। सञ्चारमाध्यमले युद्वबारे जति नै तडक–भड्क गरे पनि भारतीय नेतृत्वले आफ्नो अवस्था राम्रोसँग बुझेको छ।

प्रकाशित मिति: : 2020-06-24 12:38:00

प्रतिकृया दिनुहोस्