नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बुधबार बस्दै छ। पार्टीका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे। 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनले जनाए। 

यसअघि वैशाख ३१ गते पार्टीको केन्द्रीय मुख्यालय धुम्बराहीमा बैठक बस्ने भनिए पनि स्थायी कमिटीका सदस्यको कोरोना जाँचपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो।

उनका अनुसार बैठकमा दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकता लगायतका विषयमा छलफल हुनेछ। 

साथै बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), बजेट र कोभिड –१९ का बारेमा पनि छलफल हुने अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यका सदस्य रहनेछन्।

प्रकाशित मिति: : 2020-06-24 06:47:28

प्रतिकृया दिनुहोस्