मेक्सिकोमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाकाे मृत्यु

मेक्सिकोमा मंगलबार गएकाे शक्तिशाली भूकम्प परी कम्तिमा ४ जनाले ज्यान गुमाएका छन्। मेक्सिकोको ओक्साका राज्यमा मंगलबार सो भूकम्प गएकाे हाे। 

अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ। भूकम्प यति तिव्र गतिमा गएको थियो कि भवनहरु तिव्र गतिमा हल्लिएका थिए। 

भूकम्पको केन्द्रबिन्दु ओक्साका छेउको प्रशान्त महासागरको तटमा परेको जनाइएको छ। 

यसअघि सन् २०१७ मा पनि त्यहाँ २ पटक भूकम्प गएको थियो। त्यसबेला सेप्टम्बर ८ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पमा परे र १५० जनाको ज्यान गएको थियो।

 सोही वर्ष दोश्रो पटक सेप्टेम्बर २० मा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा ५ सयभन्दा बढीको ज्यान गएको थियो। त्यसबेला भने जताततै विनाशका दृष्यहरु देखिएका थिए।

प्रकाशित मिति: : 2020-06-24 06:14:48

प्रतिकृया दिनुहोस्