कतारमा २४ घण्टामा हजारभन्दा बढीमा काेराेना, संक्रमितकाे संख्या ८८ हजार ४०३ पुग्याे

खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट संक्रमितको संख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल संक्रमितको संख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्यमन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन्। सोमबार थप एक संक्रमितको मृत्यु भएको र मृत्यु हुनेको संख्या अहिलेसम्म ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाब दिएको छ। 

लाखौँको संख्यामा एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेश लगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कूल तीन लाख २४ हजार ५७० व्यक्तिको संक्रमण परीक्षण गरिएको छ।

कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईमा आपसी सहयोग आदानप्रदान गरेका छन्।

प्रकाशित मिति: : 2020-06-23 22:12:42

प्रतिकृया दिनुहोस्