अर्काको बैक खातामा आफ्नो मोबाइल बै‌ंकिङ प्रयोग गरी लाखौ ठगी गर्ने पक्राउ

मोबाईल बैकिङ तथा इ-बैकिङ सेवाबाट ३ लाख ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बारा प्रसौनी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षिय नादिर साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ निवासी मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखामा रहेको खाता रहेको र निजले मोवाईल बैकिङ तथा इबैकिङ सेवा नलिएको अवस्थामा अपरिचित व्यक्तिले किर्ते सही गरी ९८२९२४३५६० नम्बरबाट मिरा कुमारी केसीकै नामबाट मोवाईल बैकिङ तथा इ-बैंकिङ सेवा लिएको र सो खाताबाट पटक पटक गरी ३ लाख रूपैया नगद अन्य बैंकको खातामा ट्रान्सर्फर गरेको भेटिएपछि अनुसन्धान गर्दै जाँदा नादिर साहलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार साहलाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2020-06-23 18:46:45

प्रतिकृया दिनुहोस्