सीमाबारेको त्यो बैठक : जहाँ भारतीयले हिन्दी बोल्दा बुद्धिनारायणलाई चल्यो जंग, त्यसपछि निस्के लिम्पियाधुरा चुचुरोको खोजीमा

पहिलोपोष्ट

काठमाडाैं

नेपाल-भारतका १३/१३ जना आमनेसामने। लहरै नेपालीको बसाई। अगाडि भारतीयको बसाई लहरै। 'हाइहेल्लो'पछि पालैपालो बोल्दैछन्। नम्र रुपमा भइरहेको कुराकानी बेलाबेला चर्किन्छ। अनि कहिले शुन्यता छाउँछ।

केही बेरको शुन्यतापछि फेरि उठाइन्छ विषय। विषय उठाउने जिम्मा मोडरेटरलाई छ। नेपाली समूहको नेतृत्वमा छन्, नापी विभागका महानिर्देशक बुद्धिनारायण श्रेष्ठ। उनी आफ्नो समूहको सदस्यमार्फत विषयवस्तुको हाइलाइट गराइरहेका छन्, तर अडान आफू लिन्छन्।

+++

मिति: २०४८ चैत २ (१९९२ मार्च १५)

स्थान:  दिल्लीस्थित भारतीय विदेश मन्त्रालयको साउथ ब्लक।

घटना: नेपाल भारत संयुक्त प्राविधिक समितिको १३ औं बैठक।

झण्डै तीन दशकअघि नेपाल -भारत संयुक्त प्राविधिक समितिको बैठकलाई उनी घट्टेकुलस्थित घरमा यसरी सम्झिरहेका छन् बुद्धिनारायण।

८० वर्ष टेकिसकेका उनी झण्डै तीन दशकअघिको घटना सम्झिँदा कुनै बेला मुठ्ठी कस्छन् त कुनै बेला पात्र र विषयवस्तु सम्झन 'पख्नुस है' भन्दै केहीबेर टोलाउँछन्।

प्रकाशित मिति: : 2020-06-22 18:15:47

प्रतिकृया दिनुहोस्