पछिल्लो २४ घन्टामा थपिए ५३५ कोरोना संक्रमित, डिस्चार्ज हु्ने संख्या २१४२ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमका विभिन्न जिल्लामा ७४ महिला र ४७१ पुरूषसहित ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७ सय ३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।

यस्त सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको हो।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। बागमति प्रदेशको रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको छ। 

 आज मृतकको संख्या थपिएको छैन। हालसम्म मृतकको संख्या २३ छ।

तथ्याङ्कमा कोरोना संक्रमण नेपाल

नेपालमा विगत २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

योसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको छ।

विगत २४ घण्टामा ३ सय ७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गौतमका अनुसार २ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन्।  यस्तै २३ जनाको मृत्यु भएको छ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक कोभिड-१९ भएका व्यक्ति भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

कहाँबाट कति संक्रमण मुक्त संक्रमण मुक्त

कोरोना विशेष अस्पताल दाङबाट-  १ महिला र ५ पुरूषसहित ६ जना।

प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरूषसहित ६ जना

कालीकोट अस्पातालबाट २ महिला र २६ पुरूषसहित जम्मा २८ जना

दैलेख अस्पताल दुल्लुबाट १९ महिला र २४६ पुरूषसहित २६५ जना

सल्यान अस्पतालबाट १ महिला १ ३६ पुरूषसहित ३७ जना

नारायणी अस्पताल वीरगन्जबाट २ महिला र ९ पुरूष गरि ११ जना

धादिङ अस्पतालबाट ४ महिला र १३ पुरूष गरि १७ जना।

यसरी आज डिस्चार्ज हुनेमा ३२ महिला र ३३८ पुरूषसहित जम्मा ३७० जना छन्। यो सँगै १६१ महिला र १९६१ पुरूषसहित २१४२ जना डिस्चार्ज भएका छन्।

कहाँ कति संक्रमण

सोमवारसम्मको तथ्याङ्क अनुसार प्रदेश नं २ मा ३,१५९ र प्रदेश नं ५ मा २,६८२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सबैभन्दा कम वागमति प्रदेशमा ३ सय ९ र गण्डकी प्रदेशमा ५ सय ९५ सङ्क्रमण भेटिएको छ।

त्यस्ते प्रदेश नं १ मा ४ सय ७०, सुदूरपश्मिमा १ हजा ६७ र कर्णालीमा १ हजार २ सय ७९ सङ्क्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी सङ्क्रमण भएको जिल्ला रौतहट रहेको छ जहाँ १,१४६ सङ्क्रमित रहेका छन् भने दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरीमा ५२७, बाँकेमा ३४४ र सुर्खेतमा ३०० सङ्क्रमित रहेका छन्।

आज थप फेला परेका संक्रमितहरू

कोशी अस्पताल विराटनगर

मोरङः ४ महिला, ४ पुरूषसहित ८ जना

सप्तरीः २ पुरूष

जम्मा १० जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर

झापा- २ महिला र १ पुरूषसहित ३ जना

मोरङ- २ महिला र २ पुरूष सहित ४ जना

जम्मा ७ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज

सप्तरीः ११ पुरूष

जम्माः ११ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर

धनुषा- १ महिला र ९ पुरूषसहित १० जना

महोत्तरीः १ पुरूष

सप्तरीः २ पुरूष

जम्माः १३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु

अछामः २ पुरूष

अर्घाखाँचीः २ महिला र ७ पुरूष

बैतडीः १ महिला र १३ पुरूष

डडेलधुराः ५ महिला र १० पुरूष

डोटीः ४ महिला र ३ पुरूष

गुल्मीः १ पुरूष

जाजरकोटः १ पुरूष

कैलालीः १ महिला र ५७ पुरूष

नवलपरासीः १ महिला र ४ पुरूष

सर्लाहीः ८ महिला र ३९ पुरूष

सिन्धुपाल्चोकः २ महिला

सिराहाः ४ महिला र १९ पुरूष

स्याङ्जाः १ महिला र १९ पुरूष

पाल्पाः १० पुरूष

प्युठानः ५ महिला १९ पुरूष

रौतहटः १ महिला र ३३ पुरूष

रूपन्देहीः ३ महिला र ६ पुरूष

जम्माः २८३ जना

भरतपुर अस्पताल प्रयोगशाला, चितवन

चितवनः ५ पुरूष

नवलपरासी पूर्वः १ महिला र १५ पुरूष

जम्माः २१ जना

धुलिखेल अस्पता प्रयोगशाला, काभ्रे

ओखलढुंगाः १ पुरूष

गुल्मीः ६ महिला र ३५ पुरूष

जम्मा ४२ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा

स्याङ्जाः १ पुरूष

तनहुः १ महिला र १० पुरूष

जम्मा १२ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा

नवलपरासी पूर्वः ८ पुरूष

स्वाङ्जाः २ महिला र १० पुरूष

जम्मा २० जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देही

गुल्मीः १ महिला र १३ पुरूष

पाल्पाः १५ महिला र ६५ पुरूष

रूपन्देहीः ३ पुरूष

प्युठानः ६ पुरूष

जम्मा १०३ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ

दाङः १ महिला र १२ पुरूष

जम्मा १३ जना

जम्मा ७४ महिला ४६१ पुरूषसहित ५३५ जना

हालसम्म जम्मा ८९४ महिला ८६६७ पुरूषसहित ९५६१ जना

बागमति प्रदेशको रसुवाबाहेक बाँकी ७६ जिल्लामा संक्रमित फेला

प्रकाशित मिति: : 2020-06-22 16:25:48

प्रतिकृया दिनुहोस्