काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा थप ६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।

काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो।

बिहिबार नेपालमा एकै दिन ६७१ जनामा कोरोना पुष्टि भएको छ। 

त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ।

हालसम्म देशभरमा २२ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-18 17:53:02

प्रतिकृया दिनुहोस्