नेपालीले बाँच्नका लागि हात थाप्नु पर्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले भने- ‘जनजीवन सहज होस भनेर लकडाउन खुकुलो बनाएका हौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको स्वास्थ्यप्रति अत्यान्त संवेदनशील रहेको भन्दै कुनै पनि नेपालीले बाँच्नका लागि हात थाप्नु नपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बिहिबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘सरकारले जनताको स्वास्थ्यप्रति संवेदनशील छ। कुनै पनि नेपालीले बाँच्नका लागि हात थाप्न पर्दैन’, प्रधानमन्त्रीले भने।

सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले दैनिक जनजीवनमा परेको प्रभावलाई ध्यानमा राखेर सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको जानकारी गराएका हुन्।

लकडाउन खुकुलो हुँदा स्वास्थ्यमा देखिने प्रभाव लगायतका विषयमा पनि आवश्यक तयारी गरेर सरकारले काम गरिरहेको प्रधानमन्त्रीले बताए।

प्रकाशित मिति: : 2020-06-18 15:02:51

प्रतिकृया दिनुहोस्