प्रधानमन्त्री भन्छन् १० अर्ब हराएको छैन, तल पठाइयो

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बदनाम नगर्न आग्रह गरेका छन्।

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उचालिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो,’  उनले भने।

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको र बनाउनेहरूले खाएको उनले बताए। स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनको तर्क थियो।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन।’

प्रकाशित मिति: : 2020-06-18 14:55:51

प्रतिकृया दिनुहोस्