नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकरी दिए।
इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएता पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
'पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको छ' उनले भने, 'आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ।'