श्रृंखला भन्छिन् - पैसा नहुनेका लागि त काठमाडौं 'नाइटमेयर' हो (भिडिओ)

सेतोपाटी

काठमाडौँ

मनोज सत्याल र विवेक राई

मिस नेपाल २०१८ श्रृंखला खतिवडा काठमाडौं उपत्यकाको विकास ट्रेण्डसँग खुसी छैनन्। अग्ला भवन र फराकिलो सडकलाई विकासको मानक बनाइएको उनलाई चित्त बुझेको छैन।

रिङरोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नांगो भएको महशुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाई नरमाइलो लाग्छ।

काठमाडौंका भित्री भागमा कतै पनि खाली ठाउँ देख्यो कि संरचना बनाएर भाडामा लगाउने प्रवृत्ति देखेर उनी दिक्क छिन्।

'हामीले विकास भनेको अग्ला भवन र चौडा सडकलाई ठान्यौं', श्रृंखलाले भनिन्, 'जति पनि काठमाडौंका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ। लिजमा लिएर ठूलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो।'

प्रकाशित मिति: : 2020-06-17 20:26:34

प्रतिकृया दिनुहोस्