भारतमा चिनियाँ सामान बहिस्कार अभियान, बार्षिक ७० बिलियन डलरको ब्यापार

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलओसी) को गलवान उपत्यकामा भएको भारत–चीन विवादका बीच भारतमा चिनियाँ सामान बहिस्कार गर्ने अभियान सुरु भएको छ। 

कन्फेडरेशन अफ अल इन्डिया ट्रेडर्स (क्याट) ले चिनियाँ सामान बहिस्कार गर्न आह्वान गरेको हो। 

क्याटले चीनबाट आयातीत ५ सय वस्तुको सूची तयार गर्दै सर्वसाधारणलाई चिनियाँ सामान बहिस्कार गर्न आवहान गरेको हो। क्याटका अनुसार सन् २०२१ को डिसेम्बरसम्म चिनियाँ सामानको आयातलाई १३ बिलियन डलर अर्थात लगभग १ लाख करोड भारतीय रुपैयाभन्दा कम गर्ने लक्ष्य राखिएको छ। 

गत सोमबार गलवान उपत्यकामा भएको झड्पमा एक जना कर्नेलसहित २० सैनिकको निधन भएपछि भारतमा चिनियाँ सामानको बहिस्कार अभियान सुरु भएको हो। 

क्याटले दैनिकी उपभोग्य सामानबाहेक खेलौना, फर्निसिङ, फेब्रिक्स, टेक्सटाइल, विल्डर हार्डवेयर, फुटवेयर, गार्मेन्ट, किचनको सामान, लगेज, ह्याण्ड ब्याग, घडी, ज्वेल्र्स, लुगा, स्टेशनरी, कागज, कस्मेटिक्स, अटो पार्ट्स, इलेक्ट्रोनिक्सलगायत रहेका छन्। 

क्याटका राष्ट्रिय अध्यक्ष बीसी भरतीयाले भने, ‘चीनबाट भारतमा ५ दशमलव २५ लाख करोड अर्थात ७० बिलियन डलरको बार्षिक सामान आयात हुन्छ।’

क्याटले प्रारम्भिक चरणमा बहिस्कार गर्न ३ हजारभन्दा बढी सामानको सूची तयार गरेको थियो, जुन सामान भारतमा पनि निर्माण हुन्छ। तर, चीनमा यी सामानको मूल्य कम भएको हुनाले आयात गर्ने गरिएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-06-17 16:21:28

प्रतिकृया दिनुहोस्