गुल्मीमा आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएकाे हाे।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिका २ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन्। त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो।

त्यस्तै नगरपालिकाको १२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिका ६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको छ। योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ।

जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-17 09:29:50

प्रतिकृया दिनुहोस्