भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ।
यसअघि दिउँसो एक अधिकारी र दुई सैनिकको मृत्यु भएको भारतीय सरकारले बताएको थियो। तर अब झडपमा २० सैनिक शहीद भएको न्यूज एजेन्सी एएनआईले जनाएकाे छ। भारतीय सेनाका अनुसार पछिलाेपल्ट मृत्यु हुने १७ जना गम्भिर घाइते भएका थिए।
सोमबार वास्तविक सीमा रेखा (एलएसी)मा चीनसँगको भिडन्तमा भएको थियो। दुई देशबीच वार्ता भएर सबै कुरा सामान्य अवस्थामा रहेकाे जनाइएकाे बेला राति गलवान भ्याली नजिक यो घटना घटेको हाे।
उक्त भिडन्तमा चिनियाँ पक्षका ४३ सैनिक पनि मारिएको भारतलले दाबी गरेको छ। तर चिनियाँ पक्षले के कति क्षति भयो भनेर खुलाउन चाहेको छैन।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेका छ,‘ भारतले एलएसीलाई सँधै सम्मान गरेको छ र चीनले पनि त्यसो गर्नुपर्दछ। एलएसीमा हिजो के भएको थियो त्यसलाई टार्न सकिन्थ्यो। दुबै देशहरूले दुःख भोगेका छन्।’
एलएसीमा भएको झडपपछि दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहले डिफेन्स चीफ जनरल बिपिन रावत र सेना प्रमुख जनरल एमएम नरवानेसँग भेट गरेका थएि। सोही समयमा राजनाथ सिंहले प्रधानमन्त्री मोदीलाई फोन गरेर यसबारे जानकारी दिए।
यसपछि विदेश मन्त्री एस जयशंकर प्रधानमन्त्री निवास गए र प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए।
यसैबीच, भारत सरकारले हिमाचल प्रदेशमा चिनियाँ सीमा नजिक अलर्ट जारी गरिएको छ।