भारतीय सञ्चारमाध्यमकाे दाबी– हतियार नचलाइ ५ चिनियाँ सैनिक भारतले मार्‍याे !

भारतले लद्दाखमा ५ चिनियाँ सैनिक मारेको दाबी गरेको छ। भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइन डटकमले उक्त दाबी गरेको हो। 

उसले स्रोतलाई हवला दिँदै प्रकाशित गरेको समाचार अनुसार भारतीय सेनाबाट कुनै गोली चलाइएको थिएन। उनीहरुले हाता हात लडाई गरेका थिए। जसमा ५  चिनियाँ सैनिक मारिएको दाबी गरेको छ। यस्तै झडपमा ११ जना गम्भीर घाइते भएको जनाएको छ।  

तर चीनले आफ्नो सैनिकहरुमा कसैको मृत्यु भएको पुष्टि गरेको छैन।

भारती सेनाले लद्दाखको सीमा क्षेत्रमा सोमबार राति दुवै देशका सेनाबीच भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको दाबी गरेको छ। भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा सोमबार राति झडप भएको हो।

झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको जनाएको छ। भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको थियो। 

यता भारतीय सैनिकहरु चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले मंगलबार जुन ६ मा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमीमा प्रवेश गर्दै गैरकानूनी गतिविधि गरेपछि कारवाही गरेको बताए। 

चिनियाँ भूमीमा प्रवेश गरेका भारतीय सैनिकहरुले आफ्नो सैनिकहरुमाथि आक्रमण गरेपछि दुवै देशका सैनिकहरुबीच झडप भएको ग्लोबल टाइम्ससँग बताएका हुन्।

भारतीय सेनाले चिनियाँ सेनालाई विवादास्पद क्षेत्रबाट फर्कन आग्रह गरे गरेको बताएको छ। तर, चिनियाँ सेनाहरू वार्ताको सहमति बिपरित क्रोधित भएर भारतीय सेनालाई आक्रमण गरेको सेनाको दाबी छ।

 


 

प्रकाशित मिति: : 2020-06-16 16:08:48

प्रतिकृया दिनुहोस्