चिनियाँ भूमीमा प्रवेश गरेपछि कारवाही गर्‍याैं: चिनियाँ विदेश मन्त्रालय

भारतीय सैनिकहरु चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले मंगलबार जुन ६ मा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमीमा प्रवेश गर्दै गैरकानूनी गतिविधि गरेपछि कारवाही गरेकाे बताए। 

 चिनियाँ भूमीमा प्रवेश गरेका भारतीय सैनिकहरुले आफ्नो सैनिकहरुमाथि आक्रमण गरेपछि दुवै देशका सैनिकहरुबीच झडप भएको ग्लोबल टाइम्ससँग बताएका हुन्।

यसअघि  रोयटर्समा लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय दाबीलाई चीनले अस्वीकार गरेका थिए।

उनले मंगलबार चीन–भारत सीमामा कुनै झडप भएको बारेमा आफूहरुलाई थाहा नभएको बताएका थिए।

भारती सेनाले लद्दाखको सीमा क्षेत्रमा सोमबार राति दुवै देशका सेनाबीच भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको दाबी गरेको छ। भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा सोमबार राति झडप भएको हो।

झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको जनाएको छ। भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको थियो। 

भारतीय संचारमाध्यमहरुले भारतीय सेनाले चीनको तर्फबाट समेत सैनिकको मृत्यु भएको दाबी गरेको थियो।

तर, चीनले आफ्नो सैनिकहरुमा कसैको मृत्यु भएको पुष्टि गरेको छैन।

प्रकाशित मिति: : 2020-06-16 15:49:18

प्रतिकृया दिनुहोस्