धनगढीस्थित सेती प्रादेशिक अस्पतालकी एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित स्टाफ नर्स काेराेना संक्रमितहरूको उपचारमा खटिएकी थिइन्।
एक साताको ड्युटी सकेर क्वारेन्टाइनको बसाइँको क्रममा जाँच गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती नर्सलाई संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
संक्रमितको सम्पर्कमा आएका चिकित्सकसहित १० जानको रिपोर्ट भने नेगेटिभ आएको छ।