खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन

क्यान्सर रोगबाट पीडित बनेका खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको मंगलबार विहान निधन भएको छ । आफ्नै घर लुक्लामा मृत्यु भएको वडाअध्यक्ष आङफूर्वा शेर्पाले जानकारी दिए।

उनी दश महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर रोगबाट थलिएका थिए। भारत र नेपालका विज्ञडाक्टरबाट उपचार लिए पनि उनले क्यान्सरलाई जित्न सकेन।

सोलुको युवानेताको रुपमा चिनिने ३९ वर्षिय शेर्पा खुम्बु क्षेत्र र शेर्पा समूदायको लोकप्रिय नेताको रुपमा चिनिन्थे। उनी नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य समेत थिए।

प्रकाशित मिति: : 2020-06-16 12:29:46

प्रतिकृया दिनुहोस्