चिनीको भण्डारण रित्तिँदै, आयात गर्न अर्थको सहमति कुर्दै

बाह्रखरी

काठमाडौँ

रोविन पौडेल

 समयमै चिनी नआए यस वर्षको चाडपर्वअगावै चिनीको अभावसँगै मूल्य आकासिने सम्भावना देखिएको छ । सरकार र निजी क्षेत्रसँग दुई महिनाको माग मात्र धान्ने मौज्दात बाँकी रहँदा यो वर्ष भदौदेखि नै चिनी अभाव हुने सम्भावना देखिएको हो । लकडाउनबीच पनि चिनीको माग कायम रहँदा भण्डारण रित्तिन थालेको छ ।

वैशाख ९ गतेसम्म ७० हजार मेट्रिक टन भण्डारण रहेकामा डेढ महिनामा ३० हजार मेट्रिक टनभन्दा बढी चिनी खपत भएको छ । यही दरमा खपत कायम रहे करिब २ महिनामा चिनीको मौज्दात सकिनेछ ।

प्रकाशित मिति: : 2020-06-16 08:48:45

प्रतिकृया दिनुहोस्