गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो।
पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।
उनका अनुसार आजदेखि काठमाडौं उपत्यका भित्र र अन्य जिल्ला भित्रका लागि जुनसुकै निकायबाट जारी गरिएका सवारी पासहरु रद्द हुनेछ ।
तर काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत् रहने छ।