गृह मन्त्रालयले गर्‍याे सबै सवारी पास खारेज

गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ।

 गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार  लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो। 

पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-15 18:36:16

प्रतिकृया दिनुहोस्