कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु हुनेको परिवारलाई एक लाख दिने

कर्णाली प्रदेशले कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ। 


आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राहतको घोषणा गरेका हुन्।

उनले कोरोनाबाट गम्भीर विरामी भएकालाई एम्बुलेन्स वा हवाइ उद्धारमार्फत प्रदेश अस्पताल वा तोकिएको अन्य अस्पतालमा उपचारका लागि लैजाने समेत बताए। 

यसैगरी कोरोना संक्रमितका लागि प्रदेश अस्पतालमा २ सय आइसोलेसल बेड,  ४० वटा आइसियू र २० वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष बनाइने बताए।  


 ‘

प्रकाशित मिति: : 2020-06-15 14:48:32

प्रतिकृया दिनुहोस्