ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ हजार नाघेको छ। ब्राजिल संक्रमित संख्याको हिसाबमा विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक हो। ब्राजिलमा निरन्तर कोरोना भाइरसका संक्रमित तथा मृतकको संख्या बढिरहेको छ।
अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ हजार ३३२ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण ६१२ जनाको मृत्यु भएको हो।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ६७ हजार ६२४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका १७ हजार ११० नयाँ संक्रमित फेला परेका हुन्।
ब्राजिलको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै अहिले मुलुकभर नेतृत्वको आलोचना भइरहेको छ।