गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको घिरिङ गाँउपालिकाका ५ र नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
बौदिकाली ५ संक्रमितलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ५ पुगेको छ। संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ।