अर्का अश्वेतको प्रहरीबाट भएको हत्यापछि अमेरिकामा आन्दोलन थप चर्कियाे

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको एट्लान्टामा प्रहरीले पक्राउ गर्ने क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको आलोचनाले पुनः ताजा रुप लिएको छ।

जर्ज फ्लोइडको निधनबाट सुरु भएको आन्दोलन उत्कर्षमै रहेका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्ति २७ वर्षका २७ वर्षका रेशर्ड ब्रूक्शको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो। उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो।

घटनापछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुख एरिका शिल्ड्सले शनिबार राजीनामा दिएको एट्लान्टाकी मेयर किशा लान्स बटम्सले जानकारी दिएकी थिइन्।

आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन्।

प्रहरीले पक्राउ गर्ने क्रममा हतियार चलाएको घटनाको विरोध भइरहेको छ।

ब्रूक्सको निधनपछि आन्दोलन थप चर्किएको छ। जर्जसँगै ब्रूक्सको न्यायका लागि माग गरिएको छ। अफ्रिकन–अमेरिकनमाथि हुँदै आएको विभेद र ज्यादति अन्त्यका लागि अपिल गरिएको छ।
 

प्रकाशित मिति: : 2020-06-15 08:07:36

प्रतिकृया दिनुहोस्