लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारत पुरुषको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत एक पुरुषको मृत्यु भएको छ।

गुल्मीको धुर्कोट गाँउपालिका ४ का ४२ वर्षे पुरुषलाई शनिबार बिहान बुटवल ल्याइएको थियो।

जिल्ला अस्पताल तम्घासबाट शुक्रबार बुटवल ल्याइएको अस्पतालका डा सुदर्शन थापाले बताए। उनका अनुसार मृतकमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको छ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको थियो। आइतबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो।

उनको शनिबारै थ्रोट स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियाे।
 

प्रकाशित मिति: : 2020-06-14 20:43:12

प्रतिकृया दिनुहोस्