कालिकाेटमा एकै दिन २५ जनाले काेराेना जितेका छन्।
शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पीसीआर परीक्षणकाे रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आइतबार साढे पाँच बजे डिस्चार्ज गरिएकाे हाे।
उनीहरु सबैलाई जेठ १८ गते जिल्ला काेभिड -१९ आइसाेलेसन सेन्टर मान्म खाँडचक्रमा भर्ना गरिएकाे कालिकाेटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए।
उनले भने, 'उहाँहरु सबैकाे स्वास्थ्य अवस्था आइसाेलेसनमा रहँदासम्म सामान्य थियाे। सामान्य अवस्थामामै काेराेना जित्नुभयाे।'
कालिकाेटकाे आइसाेलेसनमा कुल २८ जना संक्रमित रहेकाे मा ३ जना मात्र बाँकी रहेकाे महतले बताए।